नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन

विभिन्न ६ संस्थाको आयोजनामा हुन लागेको नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिताको मुख्य तीन विधा ‘मोस्ट पपुलर प्लेयर’ तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीको पुरस्कार ३ जना तेक्वान्दोकर्मीले प्रायोजन गर्ने भएका छन् ।
युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा चयन गरिने ‘मोस्ट पपुलर प्लेयर’ को पुरस्कार राशि १ सय ५० अमेरिकी डलर युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले प्रायोजन गर्ने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार अमेरिकामा बस्दै आएका पूर्व तेक्वान्दो खेलाडी गणेश थापा तथा उत्कृष्ट महिला खेलाडीको पुरस्कार धनुषाको लाल गढ निवासी पूर्व तेक्वान्दो खेलाडी तिलक लामाले उपलब्ध गराउने छन् । दुवै विधाको पुरस्कार राशि जनही १ सय अमेरिकी डलर रहेको छ ।
आयोजकले प्रतियोगितामा आर्थिक सहयोग गर्ने विभिन्न देशी विदेशी सहयोगीहरूको नाम पनि सार्वजनिक गरेको छ । आयोजकका अनुसार प्रेमकुमार दर्नाल (साउदी अरब) ले ६ हजार, राष्ट्र राई (युके) ले १५ हजार, घनश्याम गुरुङ (साउदी अरब) ले ५ हजार, गणेश गुरुङ (हङकङ) ले १० हजार, सुशिलकुमार श्रेष्ठ (जापान) ले ५ हजार, मकाउ तेक्वान्दो टिमले २० हजार, राकेश केसी (मकाउ) ले २५ हजार, अभय श्रेष्ठ (युएई) ले ५ हजार र पञ्च राना मगर    (जापान) ले १० हजार उपलब्ध गराएका छन् ।


त्यस्तै देउकाजी गुरुङ (हङकङ) ले ५ हजार, कुँवर सापकोटा (नेपाल) ले १० हजार, रवीन्द्र खड्गी (नेपाल) ले १० हजार, कुमार कार्की (अमेरिका) ले १० हजार, धिरज गुरुङ (युके) ले १५ हजार, विशाल खड्गी (अस्ट्रेलिया) ले १० हजार र नवराज पुडासैनी (नेपाल) ले १० हजार सहयोग गरेका छन् ।


अन्य सहयोगीहरू थपिँदै गए पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा माघ १३ र १४ गते हुँदै छ । पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

Comment