परिषद् सदस्य सुवासको जोडी भेट्रानमा पहिलो 

सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले योनेक्स सनराईज १० औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको उपाधि उचालेका छन् ।
सेमिफाइनलमा शीर्ष बरीयताका रत्न जितलाई पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपिएफका दिनेश धामीमाथि २१–१८, २१–१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास रचेका छन् ।
गोल बजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रसिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङले उपाधि उचालिन । १८–२१, २१–१५, २२–२० का साथ उपाधिमाथि कब्जा गरेकी हुन् । जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोस्रो उपाधि हो । यस अघि इटहरीमा भएको सातौँ पुष्पलाल स्मृतिमा पनि जेशिकाले उपाधि उचालेकी थिइन् ।
राष्ट्रिय ब्याडमिन्टन सङ्घ नेपाल र गोल बजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ वरीयता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे । उनले सेनाका दिवस शंकरलाई १५–२१, २१–१८, २१–१६ ले पराजित गर्दै उपाधि जिते । यस्तै शीर्ष १२ वरीयता बाहेकको महिला एकलमा कैलालीकी प्रार्थना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१–९, २१–१३ ले पराजित गरिन् ।
पुरुष युगल तर्फको प्रतिस्पर्धा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ र नवीन श्रेष्ठको जोडीले उपाधि उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथि २१–१९, १९–२१, २१–१३ को जित निकाल्दै उपाधि उचालेको हो । महिला युगल तर्फ पनि सेनाले उपाधि उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रसिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१२ ले पराजित गरेको हो ।
ब्वाईज एकल तर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१–१५, १९–२१, २१–१० ले पराजित गरे । यस्तै र्गल्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रसिला महर्जनले विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथि २१–१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन् ।
भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेले विजय पाए । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीको जोडीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् । लाखेले करिब १२ वर्ष पछि कोर्टमा उत्रँदै उपाधि उचालेका हुन् । सुभाष राखेप सदस्य समेत हुन् ।
विजयी खेलाडीहरूलाई गोल बजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेसम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । ¥याङ्किङ्ग बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरूले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद ५÷५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यसै गरी छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरूले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
Comment