साइपाल हिसान बास्केटबलको सेमिफाइनलमा

hisan aitabarसाइपाल एकेडेमी दोश्रो हिसान राष्ट्रिय खेलकुदको गल्र्स बास्केटबलतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
साइपालले जेभियर इन्टरनेसनल कलेजलाई ३९–२७ले पराजित ग¥यो । अर्को लिग खेलमा लिटिल एन्जल्सले क्यास्पियनलाई २०–१२ ले हरायो ।
ब्वाइजमा मोर्गन इन्टरनेसनल कलेज, जेभियर, सीसीआरसी र प्राइम सेमिफाइनलमा पुगे ।
मोर्गनले ह्वाइटफिल्डलाई ४१–३३, जेभियरले टाइम्सलाई ४१–२४, सीसीआरसीले एलआरआईलाई ५९–४४ तथा प्राइमले गोल्डेनगेटलाई ४९–४१ ले हराए । सेमिफाइनल मोर्गन र सीसीआरसी तथा जेभियर र प्राइमबीच हुनेछ । बास्केटबलको सोमबारदेखिका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा हुनेछ ।

Comment