घर्तीको अध्यक्षतामा नेपाल खेलकुद महासङ्घ

अखिल नेपाल खेलकुद महासङ्घको भेला ललितपुरमा मङ्गलवार सम्पन्न भयो ।  गृहमन्त्री राम बहादुर थापा(बादल)को प्रमुख आतिथ्यमा भएको सो भेलाले काली बहादुर घर्ती मगरको अध्यक्षतामा ९९ सदस्सीय कार्य समिति चयन गरेको छ ।
मगर यस अघि सो महासङ्घमा महासचिवको जिम्मेवारी पुरा गरेका थिए । उनी नेपाल मार्सल आर्ट्स हाप्कीडो  एसोसिएसनका अध्यक्ष समेत हुन् । उनले सरकारसँग सहकार्य गर्दै खेलकुदमा सृजनात्मक र रचनात्मक काम गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन दीपक विष्ट र आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी ध्वजमान मोक्तान लगायतको उपस्थिति थियो ।
Comment