आयशा र सन्तोषीलाई स्पेसल अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने वार्षिक अवार्ड कार्यक्रममा यस पटक तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी स्पेसल अवार्ड पाएका छन् । आयशाा गत दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जितेकी थिइन् ।  लगातार चौथो साग खेलकुदमा उनले पदक जितेकी हुन् । पछिल्लो पटक पुम्सेमा स्वर्ण जितेकी उनले ग्योरोगीमा १० औ सागमा रजत, ११ औ मा स्वर्ण तथा १२ औ सागमा रजत पदक जितेकी थिइन् ।
यसै गरी, सन्तोषीले गत साग खेलमा स्वर्ण पदक जितेकी थिइन् ।
Comment