ब्याडमिन्टन खेलाडीहरूलाई रिगल हेटौडा रिपोर्टको सहयोग


रिगल हेटौडा रिपोर्ट प्राइभेट लिमिटेडका चेयरम्यान विनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरूलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठको पहलमा उक्त सहयोग उपलब्ध गराइएको हो ।
ब्याडमिन्टन खेलाडी समेत रहेका बमजन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । उनले समाज सेवक साथै विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आइरहेको ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी गराए ।
यस अघि आइतबार मात्रै उपाध्यक्ष सुभाषको पहलमा सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरूका लागि २५ थान केल्मे ब्रान्डको ज्याकेट प्रदान गरेका थिए ।

Comment