पौडेललाई प्रचार प्रसारको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी श्री चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाइ गरेका छन् ।
सेवा निवृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाइ गरेका हुन् । यस्तै शाखाका अन्य कर्मचारीहरूले पौडेललाई मायाको चिनो सहित खादा ओढाएर सम्मानका साथ बिदाइ गरे । पौडेल माघ १ गते देखि अवकाश प्राप्त गर्दै छन् ।
विगत ३३ वर्ष देखि अनवरत रूपमा राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारी पौडेल करारमा कार्यरत थिए ।
Comment