महासङ्घको भेलाले नयाँ दिसा तय गर्ने अपेक्षा 

अखिल नेपाल खेलकुद महासङ्घको भेला मङ्गलवार ललितपुरमा बस्दै छ । गृहमन्त्री राम बहादुर थापा(बादल)को प्रमुख आतिथ्यमा हुने सो भेलाको संयोजन  अखिल नेपाल खेलकुद महासङ्घका पूर्व महासचिव काली बहादुर घर्ती मगरले गरिरहेका छन् । मगरले यस भेलामा हजारौँको उपस्थिति रहने र यसले नेपाली खेलकुदमै नयाँ दिसा दिने अपेक्षा गरेका छन् । सरकारले गर्ने खेलकुदका गतीबीधीलाई रचनात्मक र सृजनात्मक रूपमा सहयोग गर्ने नीति भेलापछि लिइने पनि उनले बताए । सहकार्य गर्दै खेलकुदमा रहेका पुरानो कमी कमजोरीलाई हटाउँदै नयाँ बाटो तयार गरिने लक्ष्य रहेको पनि उनले बताए । महासङ्घको सो भेलामा विशिष्ट खेलकर्मीहरूको पनि उपस्थिति रहने उनले जनाएका छन् ।
Comment