पुनरागमन सार्थक तुल्याउँदै प्रेमले जिते अर्को पदक

http://https://www.youtube.com/watch?v=rfXQMSzQKSA

दोस्रो आइओएफटीसी पुप्से तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले सफलता पाएका छन् । ४० देखि ५० उमेर समूहमा  बालाजु तेक्वान्दो डोजाङका सुरेश मानन्धरले स्वर्ण, नेपालका पुलिस क्लबका लक्ष्मण बहादुर ऐरले रजत तथा बुटवल तेक्वान्दो डोजाङका दीपक राना र सर्लाही बरहथवा तेक्वान्दो डोजाङका प्रेम कुमार दर्नालले कांस्य पदक जिते । ५० को दशकका नेपाली तेक्वान्दोका जोसिलो युवा

सर्लाही बरहथवा नगरपालिका मुर्तिया 9 का प्रेम कुमार दर्नाल  दुई दशक पछि नेपाली तेक्वान्दोमा पुनरागमन  गर्ने क्रममा सिकागो ओपन पुम्सेमा पनि कांस्य पदक जित्न सफल भएका थिए । ३० देखि ४० उमेर समूहमा साग स्वर्ण पदक धारी  नेपाल पुलिस क्लबका कमल श्रेष्ठले स्वर्ण पदक जिते ।
१८ देखि उमेर समूहमा नेपालकै पार्वती गुरुङले रजत तथा  निशा दर्नालले कांस्य पदक जिते । सोही उमेर समूहको पुरुषमा नेपाल पुलिस क्लबका जित बहादुर बटले स्वर्ण,प्रेम बहादुर लिम्बूले रजत तथा हस्त बहादुर तामाङ र अञ्जन चौधरीले कांस्य पदक जिते । १६ देखि १८ उमेर समूहमा नेपालका सुलभ थापा मगरले कांस्य पदक जिते । जित बहादुर बट उत्कृष्ट पुरुष खेलाडी घोषित भए ।अमेरिकी पोर्टल्यान्डमा बर्सेनि आयोजना हुने गरेको मैत्री तेक्वान्दो च्याम्पियनसिपको यो संस्करण भर्चुअल रूपमा भएको हो ।
Comment