अशोक उत्कृष्ट निर्णायक

तेक्वान्दोका नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज बेल्जियम कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
बेल्जियम तेक्वान्दो महासङ्घको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् । प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए । भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा विभिन्न ६६ राष्ट्रका १ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा एसियाली र विश्व च्याम्पियनसिपमा पदक विजेता खेलाडीले पनि सहभागिता जनाएको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
Comment