ओलीको चयनमा खेलकर्मी

नेकपा विभाजन पछि यसको प्रभाव चौतर्फी परेको छ । प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कार्य समितिमा धेरै नयाँ अनुहार मनोनयन गर्दा खेलकुद क्षेत्रको उपस्थिति सो पार्टीमा बलियो देखिएको छ ।
करातेमा परिचित व्यक्तित्व ओमकृष्ण प्रसाईँ र चन्द्र प्रकाश घर्तीको साथमा नेपाल खेलकुद महासङ्घकी पूर्व सचिवालय सदस्य शान्त माया परियार समेत सो कमिटीमा रहेका छन् ।
प्रसाईँका लागि यो उपलब्धि विशेष रहेको छ । यस भन्दा अघि नेकपाको प्रदेश तीनका सदस्य तथा युवा तथा खेलकुद विभागका प्रमुख थिए । साथमा दुई नं क्षेत्रको प्रदेशका इन्चार्ज समेत थिए । नेकपा गठन हुनु भन्दा अघि पनि एमालेमा सोही जिम्मेवारीमा रहेका प्रसाईँ मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सचिवको जिम्मेवारी पुरा गरेका हुन् ।
करातेका छैटौँ डान प्रसाईँ नेपाल गोजुरियो कराँते सङ्घ ओसीकाइका महासचिव प्रसाईँ नेपाल कराँते महासङ्घका उप महासचिव समेत हुन् । नेपालमा गोजु स्टाइलको कराँते विकासमा विशेष भूमिका रहेको प्रसाईँ नेपालमा अफीसीयल कराँतेको भावनात्मक र प्रशासनिक एकता गराउन सवालमा पनि प्रतिबद्ध रहँदै आएका छन् ।
नेपाल गोजुरियो कराँते सङ्घका अध्यक्ष घती ओलीको चयनमा परेका अर्का अनुहार हुन् । करातेका एकेएफ  घर्ती भेरी नगरपालिका प्रमुख पनि हुन् । युवा तथा जुझारु व्यक्तित्व घर्ती नेपालको परिचित बालाजु कराँते एकेडेमी डोका नेतृत्व तहमा लामो समय रहेका थिए ।
केन्द्रीय कमिटीमा चयन हुने  परियार नेपाल खेलकुद महासङ्घकी सचिवालयको रूपमा लामो समय रहेकी हुन् । नेकपा मनाङ जिल्ला कार्य समितिकी सदस्य समेत रहेकी परियार बि.स २०७० को संविधान सभा निर्वाचनमा समानुपातिकको सुचीमा पनि थिइन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालले खेलकुद प्रशासनमा लगातार अवसर पाउँदै आएका थिए । यसै क्रममा उनी हाल केन्द्रीय सदस्यमा पनि चयन भएका हुन् ।
Comment