दुखद घडीमा विनोदले सम्झिए सबै आफन्त

 कराँते प्रशिक्षक विनोद शाक्य गुभाजुले आफ्नो दिवङ्गत बाबुको १३ औ दिनको पुण्य तिथिको दिन आफूलाई यस दुखद घडीमा सद्भाव राख्ने सबै प्रति सद्भाव व्यक्त गरेका छन् । उनले आफूले भागेको यो दुखको समयमा आफूलाई सहानुभूति प्रकट गर्ने दुख व्यक्त गर्ने र सम्झने सबै आफन्तलाई सम्झँदै केही दिनमै निरन्तर दैनिकीमा फर्कने बताएका छन् ।
विनोदका बाबु ७२ वर्षीय रामकाजी गुभाजुको १७ मङ्सिरमा देहावसान भएको थियो ।
Comment