हाप्कीडो सेमिनार सम्पन्न
नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगन्जमा सम्पन्न भएको छ । तिने कार्यक्रममा सहभागीहरूलाई प्रमुख अतिथि प्रदेश नं ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बधाई तथा शुभकामना प्रदान गरे ।
बाँके जिल्ला मार्सल आर्ट हाप्कीडो एसोसिएसनको आयोजना तथा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनको सहयोगमा सञ्चालित कार्यक्रममा सहभागीहरूलाई सङ्घ अध्यक्ष मास्टर काली बहादुर घर्ती मगर तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङ लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रमुख अतिथि बरालले राज्यको कम लगानीका बाबजुद खेलाडीको व्यक्तिगत पहलमा धेरै सफलता पाएको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष घर्ती मगरले राष्ट्रिय खेलकुदमा पाउने सफलतामा पदक बापत नगद पुरस्कार महत्त्वपूर्ण रहने बताए ।