तेक्वान्दो ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न

नेपाल तेक्वान्दो सङ्घको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङ्गले शनिवार ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ ।
तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितिमा भएको गे्रडिङ्ग डोजाङ्गका प्रशिक्षक वसन्त लामाले ग्रेडिङ प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोस्रो डानमा ६ जना, र ब्ल्याक बेल्ट तेस्रो डानमा ३ जना सहभागी भएको कुरा डोजाङ्ग प्रमुख एवं राखेप प्रशिक्षक चुलाइ मुखियाले बताए।
२०६० सालदेखि प्रशिक्षण सुरु गरेको यस डोजाङ्गले हालसम्म ३०० जना भन्दा बढी ब्ल्याक बेल्टका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । हाल यस डोजाङ्गमा १५० भन्दा बढी खेलाडीहरूले नियमित प्रशिक्षण गर्दै आइरहेका छन् ।
Comment