सीसीआरसी क्वाटरफाइनलमा

हिसान राष्ट्रिय खेलकुदको ब्वाइज बास्केटबलमा सीसीआरीले प्रिमियरलाई ४४–२८ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्वाइजमै मोर्गनले ट्रिनिटीलाई ५७–४९, जेभियर इन्टरनेसनलले लिभरपुललाई ४१–३८, एलआरआईले रुपन्देहीलाई ४४–२८ तथा ह्वाइटफिल्डले हिम्सलाई ४८–२९ ले हराउदै क्वाटरफाइनल यात्रा तय गरे । त्यस्तै टाइम्स, गोल्डेनगेट इन्टरनेसनल कलेज र प्राइम पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा पुगेका छन् ।
ब्वाइज क्रिकेटमा पेन्टागनले दाङ भ्याली तथा होलील्यान्डले लेबोरेटरी उमाविलाई हराए । प्रिमियरले मोर्गनबाट वाकओभर पायो । आइतबारदेखि टेबलटेनिस खेल सुरु हुँदैछ ।

Comment