खेलकुदको क्षेत्रमा यो सहयोगी मन

नेपालमा कोरोना कहरले समस्या बढी रहेको समयमा विभिन्न सहयोगी हातहरूको पनि त्यसै खाले भूमिका रहन पुग्यो । यसै क्रममा नेपाल बक्सिङ सङ्घका सदस्य ओम नारायण श्रेष्ठले पनि यस खेलका प्रशिक्षक, खेलाडी तथा निर्णायक गरी एक सय हाराहारीको कोरोना बिमा गरे ।
सुरुमा उनले फुटबलको समाचार पत्रीकामा देखे । आफ्नो खेलमा पनि त्यसै खाले भूमिकाको खोजीमा उनी थिए । उनले पनि सबै जनालाई सहयोग गर्ने जमर्को लिए । यस क्रममा उनले बिमा गरेका हुन् । यसरी सहयोग गर्ने क्रममा अमेरिकामा बस्ने ध्रुव लाल श्रेष्ठसँग पनि उनको सम्पर्क भयो । ध्रुव लाल श्रेष्ठले ओम नारायण सँग समन्वय गर्दै पठाएको रकम उनले आर्थिक अवस्था कमजोर भएकी मुक्केबाज सुस्मा तामाङलाई सहयोग गरे ।केही दिन अघि मात्र उनले पक्षघातसंग सङ्घर्ष गरिरहेका पूर्व मुक्केबाज ओम प्रकाश शर्माको उपचारका लागि ५० हजार रुपैयाँ  सहयोग गरे ।
खेल प्रशासनमा  उनले उपस्थिति डेढ दशक भन्दा पुरानो हो । यो डेढ दशकको यात्रामा उनी सङ्घ सदस्यको रूपमा प्रवेश गरेका थिए । दुई कार्यकाल सदस्य बिताए पछि उनी एक कार्यकाल सङ्घबाट बाहिरै रहे । हाल फेरी सङ्घमा आबद्ध छन् ।
खेलाडीको रूपमा पनि उनको भिन्न यात्रा थियो । ०३६÷०३७ तिरको कुरा हो ,उनी भारोत्तोलनका राम्रा खेलाडी थिए । उनी यस खेलमा चौथो स्थान सम्मको सफलता पाए । ४० को दशक सुरु नहुँदै उनको यात्रा मोडियो, मुक्केवाजीममा । ०३९ देखि ०४५ सम्म सक्रिय रहे । धेरै जसो उपविजेता या कहिले तेस्रो भए । यो यात्रा केही समय पछि रोकियो । हाल बेपारमा संलग्न उनी मानवीय संवेदनाको सवालमा एकदमै सचेत छन् । ललितपुर सुनधाराका ओम उमेरले ६ दशकको नेटो काटे पनि समाजमा केही नयाँ गर्ने क्रममा उही जोस लिएर हिँडेका छन् । यसै जोसका कारण उनलाई सहयोगी व्यक्तिको रूपमा चिनिने गरेको छ ।
Comment