यस कारण प्रकाश महत्त्वपूर्ण जिम्मेवारीका लागि योग्य 

 नेपाली कराँतेको वर्तमान जति सम्झन लायक छ, त्यत्ति नै गर्व गर्न लायक विगत पनि छ । सन् २००० को दशकमा त्यसता थुप्रै उपलब्धिहरू देखिए र आशा गर्न लायक नाम पनि भेटिए । सुदूर पश्चिम कैलालीको एउटा युवाको नेपाली कराँतेमा यसरी उदय भयो की दुई दशक पछि सो युवाको चर्चा चुलिन थालेको छ । खेलाडीको भिडमा आंशिक सफलता पाएका प्रकाश चन्द पछिल्ला दिनमा प्रशिक्षक,रेफसरि,व्यवस्थापक र आयोजक सबै भूमिकामा उत्तिकै दक्ष देखिए । यसै दक्षताका कारण उनी चर्चा गरिन लायक व्यक्ति भए ।
 खेलाडीका रूपमा उनले भारत,श्रीलङ्का,बङ्गलादेश,रुस , मलेसिया र जर्मनीमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक पाए । यी मध्य सन् २००८ मा श्रीलङ्कामा पाएको सफलता उनका लागि हरेक ढङ्गले यादगार रहे । यस सफलता पछि उनले मलेसियामा भएको दोस्रो एसियन गोजुरियो कराँते प्रतियोगितामा रजत पदक जित्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालबाट पनि उनी सम्मानित भए । बि.स २०७४ मा तत्कालीन उपप्रधानमन्त्री भीम रावलबाट सम्मानित भएका उनी बि.स २०७२ मा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाबाट पनि सम्मानित भएका थिए ।
श्रीलङ्काकै सफलता पछि हालका प्रतिनिधि सभा सदस्य नारद मुनी रानाबाट सम्मानित उनी बि.स २०६३ मा बैतडी दार्चुला दशरथ सम्पर्क मञ्चबाट वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार पाउन सफल भएका थिए । त्यसो त उनको क्षमता र प्रतिभाको कदर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भयो । सन् १९९८ मा उनलाई नागपुर स्पोर्ट्स एकेडेमीले प्रतिभा सम्मान पत्र प्रदान गरेको थियो । विभिन्न जिल्ला स्तरीय , क्षेत्रीय , राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता उनले विभिन्न पदक जित्दै आफ्नो प्रदेश को नाम राष्ट्रिय स्तर मा अगाडी बढाउन सफल प्रकाश ले विभिन्न आमन्त्रण प्रतियोगिता उनले दर्जनौँ स्वर्ण पदक पाएका छन् । विभिन्न प्रतियोगिता उनी उत्कृष्ट खेलाडीको पुरस्कार पाएका उनी राष्ट्रिय रेफ्रि र अन्तर्राष्ट्रिय जजको भूमिकामा समेत आफूलाई सक्रिय राखी नै राखेका छन् ।
 १ सय भन्दा बढी प्रतियोगिता उनले रेफ्रि या जजको भूमिका निर्वाह गरिसकेका छन् ।
उनले भारतको दिल्ली, इन्डोनेसियाको मकासार र उज्बेकिस्तानमा भएका अन्तर्राष्ट्रिय निर्णयमा परीक्षा उत्तीर्ण गर्न सफल भएका थिए । भर्खरै मलेसियामा  सप्रन्न विश्व गोजुरियो कराँते महासङ्घको आयोजनामा सप्रन्न भएको पाँचौँ विश्व गोजुरयो कराँते च्याम्पियनसिप २०१९.मा विश्व गोजुरियो कराँते महासङ्घको रेफ्रि ए  पास गर्न सफल भएका चन्द एसियन कराँते फेडेरेसनका काता ए जज पास गर्न  सफल भएका छन् ।
पछिल्लो समय राष्ट्रिय गोजुरियो कराँते सङ्घका महासचिवको रूपमा सक्रिय उनी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका कैलालीका अध्यक्ष समेत रहेका  छन्। चन्द महिला यौन हिंसा विरुद्धको अभियान प्रहारका  संस्थापक हुन् । उनले झन्डै १५ हजार महिलाहरू लाई नि सुल्क रूपमा आत्मरक्षा तालिम गराइसकेका छन् ।उनको पहलमा सुदूरपश्चिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हरूलाई प्रदेश का प्राइभेट अस्पताल हरू मा ५०% सहुलियत मा उपचार गराउने सुविधा उपलब्ध गराउँदै अहिले लकडाउन मा समस्या परेका सुदूरपश्चिमका झन्डै ३७५ जना लाई चन्द कै पहल मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ का तर्फ बाट राहत वितरण गरेका थिए । झन्डै  ५०० जति खेलाडी हरू को नि सुल्क कोरोना बिमा समेत गरिदिएका छन् । भर्खरै सप्रन्न १३ औ साफ खेलकुदमा
 पदक विजेता सुदूरपश्चिमका खेलाडीहरूको पुरस्कार रकमका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
 मन्त्रालय धाएर सबै खेलाडीका डकुमेन्टसन आफै गरी मन्त्रालयमा पेस गरी पुरस्कार पाउन सहजीकरण गरेका थिए ।  खेलाडीहरू का हकहित का निमित्त सदैव अग्रपङ्क्तिमा रहने चन्द खेलाडी लाई अन्याय परेका बेला चन्दको नेतृत्वमा धेरै पटक जिल्ला खेलकुद र क्षेत्रीय खेलकुद विकास समितिमा ताला समेत लगाएका थिए । उनले अहिले सम्म ६ पटक सम्म क्षेत्रीय कराँते प्रतियोगिता, ९ पटक सम्म इन्डो नेपाल कराँते प्रतियोगिता , ९ पटक सम्म आमन्त्रित अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता र दर्जनौँ पटक कराँते का सेमिनार हरू कुशलता पूर्वक भव्यताका साथ सम्मपन गरिसकेका छन् । हाल उनी खेलाडी का रूप मा ,प्रशिक्षक का रूप मा र निर्णायक मा रूप मा झन्डै दर्जनौँ राष्ट्रको भ्रमण गरिसकेका चन्द को अन्तर्राष्ट्रिय खेलकुद सम्बन्ध पनि एकदमै राम्रो रहेको छ ।भर्खरै चन्द पूर्व प्रधान न्यायाधीश तथा पूर्व मन्त्रीपरिषद् अध्यक्षबाट विशेष सम्मान बाट सम्मानित भयका छन्।
Comment