सास्जनलाई पाकिस्तानी खेल पत्रकारको निम्तो

ram sudan1
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघसँग पाकिस्तानका खेल पत्रकारबिच अन्तरक्रिया भएको छ । पाकिस्तानको  डाउन ग्रुप अफ न्युज पेपर र न्युज विक कराँचीका पत्रकारसँग नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघबीच अपाङ्गगता भएका व्यक्तिहरुको खेलकुदमा संलग्नता विषयमा छलफल भएको थियो । न्युज विक कराँचीका इडिटर इन चिफ सइज मेह्मोद, डाउन ग्रुप अफ न्युजपेपरका फोटो खेलकुद पत्रकारका विषयमा अन्तरक्रिया भएको छ ।
सो अवसरमा न्युज विइक कराँचीका प्रधान सम्पादक सइज मेह्मोदले र डाउन गु्रप अफ न्युजपेरका पत्रकार फायसल मुजेबले नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष रामसूदन तिमल्सिनालाई मायाको चिनो प्रदान गर्दै संघलाई पाकिस्तान भ्रमणको समेत निम्तो दिएका थिए । नेपाल स्पाइनल कड इन्जुरी खेलकुद संघ जोरपाटी र अन्तराष्ट्रिय व्हीलचेयर क्रिकेट संघका अध्यक्ष जिसान मोहमदको अगुवाइमा भर्खरै नेपालको पहिलो पटक सम्पन्न भएको विइल चियर क्रिकेट प्रतियोगिताका लागि पाकिस्तानी पत्रकार नेपाल भ्रमणमा आएका हुन् । सो प्रतियोगिता टि–१० अन्तर्गत खेलाइएको थियो । जसमा पाकिस्तानले नेपाली विइल चियर क्रिकेट टोलीलाई तीन खेलमा नै पराजीत ग¥यो । आयोजक नेपाल स्पाइनल कड इन्जुरी  खेलकुद संघका अध्यक्ष किशोर बहादुर शाही विश्वमै पहिलो पल्ट विइर चियर क्रिकेट प्रतियोगिता आयोजना भएको बताए ।

Comment