कातामा पनि छाउँदै सुवास

http://https://www.youtube.com/watch?v=DBGqq32KMGw&feature=youtu.be

 

कुमुतेमा छाएका सुवास घताने अहिले कातामा पनि छाउन थालेका छन् । हालै माल्टामा भएको भर्चुअल काता च्याम्पियनसिपमा उनले रजत पदक पाए । उनको स्पर्धामा पोर्चुगलका इडुवार्डो गार्सीया पहिलो, तथा इटालीका गोभानी बाल्डुकी तेस्रो भए ।
यसै गरी, महिला २१ वर्ष देखि २५ वर्ष उमेर समूहमा खोटाङकी रोस्मा राई पहिलो,सुनसरीकी सुमना राई दोस्रो तथा खोटाङकी विद्याकला राई तेस्रो भए ।
कुमुतेमा कुनै समय एकाएक उदाउँदै सनसनी फैलाएका सुवासले चोट बोके पछि उनको लय बिग्रिएको थियो । हाल नेपाल एपीएफमा आबद्ध उनी पुरानो लयमा फर्कने अपेक्षा गरिएको छ उनको अहिलेको प्रदर्शनको आधारमा काता र कुमुते दुवैमा छाउने अपेक्षा गरिएको छ । लामो समय देखि उनको अभिभावक बनेका कराँते प्रशिक्षक निवास गोपाल वैद्य सुवास मिहेनती भएका कारण दुवै विधामा राम्रो गर्न सक्ने सम्भावना व्यक्त गर्छन् ।

Comment