गोपाललाई मातृ शोक


भारोत्तोलनका पूर्व हेभिवेट च्याम्पियन तथा नेपाल भारोत्तोलन सङ्घका सदस्य एवं ललितपुर जिल्ला भारोत्तोलन सङ्घका उपाध्यक्ष गोपाल श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी ७४ वर्षीय ममतामयी माता हेक माया श्रेष्ठको मङ्गलवारआर्मी अस्पताल छाउनीमा निधन भएको हो । उनको हिन्दु संस्कार अनुसार मङ्गलवार नै पशुपति आर्यघाटमा दाह संस्कार गरियो ।
दिवङ्गत श्रेष्ठका चार छोरा र चार छोरी छन् ।नेपाल भारोत्तोलन सङ्घले समवेदना व्यक्त गर्दै मृतकको आत्मको चिर शान्तिको कामना गरेको छ ।

Comment