स्थापनाको छोटो समयमा फड्को मार्दै एभरेस्ट मार्सल आर्ट


फिलिपिन्समा भएको अनलाइन कुमुते कराँते प्रतियोगितामा एभरेस्ट मार्सल आर्ट्स कराँते टोलीले विभिन्न ९ पदक जित्न सफल भएको छ ।
एभरेस्ट मार्सल आर्ट्स कराँते टोलीले १ स्वर्ण र समान ४–४ रजत पदक र कास्यपदक जित्न सफल भएको हो । गल्र्स ८ वर्षमुनिको कुमुतेमा सुविता गौतमले स्वर्णपदक जित्न सफल भइन् । उनले मकाउकी केइ टम हेइ टोङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।


ब्वाइज कुमुते १० वर्षमुनि दिप्सन सापकोटा, १३ वर्षमुनि बुद्ध छिरिङ र २१ वर्षमुनि अनुराग पाण्डेले रजत पदक जित्न सफल भए । गल्र्स १३ वर्षमुनि दीपिका सापकोटाले रजत जितिन् ।


यस्तै पुरुष १३ वर्षमुनि अनमोल मगर र सम्पूर्ण मगरले तथा २१ वर्षमुनि सरोज रिसालले कास्य जित्न सफल भए । गल्र्स १० वर्षमुनि जुलिएना मोक्तानले कास्य पाइन् । गोजुरियु नेपालका सुनिल नकर्मीले ४५ वर्षमुनि कास्य हात पारे ।
नेपालमा परिचित प्रशिक्षक रवि शाही र रञ्जिता रिजालले सञ्चालन गरेको यो एकेडेमीले स्थापना कालको छिटो समयमा नै फड्को मार्दै आएको छ ।

Comment