सिलवालका कारण आएको होइन ५१ स्वर्ण पदक


राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिवले साग खेलमा जितेको ५१ स्वर्ण पदकको जस लिन खोज्नु वे तुकको कुरा भएको आरोप खेलकर्मीहरुले लगाउन थालेका छन् । सदस्य सचिव पदमा सिलवालसँगै दाबी गरिरहेका काठमाडौँ जिल्ला खेलकुद विकास समितिका पर्व अध्यक्ष ध्रुव राज न्यौपानेले यस अघिका सदस्य सचिव केशव विष्ट र युवराज लामालाई यसको श्रेय दिन मिले पनि सदस्य सचिव भएको दुई चार महिना पछिको परिणामको जस लिनु आश्चर्य लाग्दो भएको प्रतिक्रिया दिएका छन् ।
सदस्य सचिवको दाबी गरिरहेका न्यौपाने गाउँ तह देखि नै काम गर्दै आएका व्यक्तित्व हुन् । पछिल्लो पटक काठमाडौँ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा न्यौपानेले सबै प्रशिक्षकलाई सक्रिय गराउने र सामुदायिक विद्यालयमा निःशुल्क खेल प्रशिक्षण गराउने लगायत रचनात्मक कार्य गरेका थिए । ५१ स्वर्ण पदकको हकमा उनी जस्तै सबै जिल्ला तहमा काम गर्ने र त्यो भन्दा पनि तल्लो तहमा रहेका व्यवस्थापकीय र प्राविधिक व्यक्तिको योगदान रहे पनि कोही व्यक्ति एकै पटक आएर रातारात परिणाम आए जस्तो गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् ।

Comment