दीपाको सहयोगी कदम


पूर्व बक्सिङ तथा फुटबल खेलाडी दीपा क्षेत्रीले मिर्गौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् ।
केही वर्षयता मकाउमा कार्यरत दीपाले लाल बजार निवासी थापालाई ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् । थापालाई रवि महर्जनले लालबजारस्थित उनकै निवासमा पुगेर रकम हस्तान्तरण गरे । श्री जनता उमाविमा कार्यरत ६६ वर्षीय थापाको दुवै मिर्गौला फेल भएको बताइएको छ ।
सहयोग गर्ने दीपा फुटबल र बक्सिङ दुवै खेलमा उत्तिकै सफल खेलाडी हुन् । जब्बर रक्षापक्तिका कारण सागमा नेपालले रजत पदक जित्दा र साफ च्याम्पियनसिपको उपविजेता हुँदा उनी टोलीकी भरपर्दा रक्षकको रूपमा चिनिएकी थिइन् । सन् २००८ र २००९ मा बक्सिङमा उत्कृष्ट लयमा रहेकी दीपा सन् २०१० को दशक सुरु हुँदा भने फुटबलमा जमेकी हुन् । उनले एपीएफको प्रतिनिधित्व गर्थिन् ।

Comment