राईलाई आर्थिक सहयोग


सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल एथलेटिक्स सङ्घले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । सङ्घको तर्फबाट सचिव रके विष्टले राईलाई रकम हस्तान्तरण गरे । राई हाल भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालमा उपचाररत छन् ।

Comment