सुरवीर लामाको कप्तानीमा नेपालीमा ओलम्पियाड टिम

नेपाल बुद्धिचाल सङ्घले यही ७श्रावण देखि १५ गतेसम्म हुन गइरहेको अनलाइन टिम चेस ओलम्पियाडको लागि पूर्व नेपाल च्याम्पियन सुरवीर लामाको नेतृत्वमा तेह्र सदस्यीय टिम घोषणा गरेको छ । उक्त टिममा नेपालका उच्च बरीयताका खेलाडी विवेक लामा, नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाई, महिला तर्फको राष्ट्रिय च्याम्पियन सुजना लोहनी, उच्च वरीयता खेलाडी रञ्जु भट्ट, फिडे मास्टर मनिष हमाल, रुपेश जैसवाल, निकेन कुसाथा, युवराज पौडेल रहेका छन् ।

अन्य सदस्यहरूमा सिन्दिरा जोशी, शान्ति धिमाल, अनिशा न्यौपाने र स्नेहा यादव रहेका छन् । विश्वका एक सय अठासी राष्ट्रको सहभागिता रहने प्रतियोगितामा प्रत्येक टिममा ३ जना पुरुष र ३ जना महिला गरी ६ जनाको टिम हुनेछ भने ६ जना वैकल्पिक खेलाडी हुनेछ । तीन चरणमा सम्पन्न हुने खेलमा पहिलो चरणको खेल विभिन्न देशलाई पाँच वटा समूह विभाजन गरी अन्तिम १६ को लागि दुई वटा टिम छनौट गरिनेछ । बाँकी ६ वटा टिम प्लेअफको माध्यमबाट छनोट हुनेछन् ।

Comment