सफ्ट टेनिस कोरिया जाने

दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाडमा सहभागि हुन नेपाली सफट टेनिस टिम शुक्रबार  जाने भएको छ । एसियाडमा नेपालले २५ खेलमा सहभागिता जनाएको मध्ये सबै भन्दा अन्तिम टिमका रुपमा सफट टेनिस कोरिया जान लागेको हो । टिममा पुरुषतर्फ कमल बहादुर भन्डारी, मनोज सुब्बा, सोहन धौभडेल , शक्ति शर्मा र अन्जल स्थापित छन् भने महिलामा निरु कायस्थ, एलिजा रन्जीत, निरा कायस्थ, चन्द्रामाया राई र रेखा तुलाधर छन् ।
टोलीमा सफट टेनिस संघका अध्यक्ष विनयबिक्रम शाहको नेतृत्वमा राजेश बोहरा , सन्जय नेपाल र अर्जुन कुमार मैनाली पनि रहेका छन् । नेपाली महिला टिमले सन २०१२ मा भएको सातौ एसियन सफ्ट टेनिस च्याम्पियनसीपमा रजत पदक हात पारेको जनाउदै अहिले पनि महिला टिमको पदक सम्भावना रहेको बताउए । नेपालले एकल युगल, मिश्रित युगल र टिम इभेन्टमा सहभागिता जनाउदै छ ।

Comment