विद्यालयले शुल्क उठाउन नमिल्ने

हाल लकडाउनको समयमा अनलाइन कक्षा सञ्चालन गर्दै शुल्क उठाउने काम गलत भएको प्रतिक्रिया व्यक्त हुन थालेका छन् । अभिभावक सङ्घ, नेपालका अध्यक्ष केशव पुरीले सरकारको सर्कुलर विपरीत भएका त्यसता काम गलत भएको प्रतिक्रिया दिएका छन् ।
तीन नं प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष समेत रहेका उनले कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रण नभए सम्म विद्यालय खुलाउन नहुने विचार व्यक्त गरेका छन् । बच्चाहरूले साना साना गल्ती गर्ने र यसै कारणले सङ्क्रमणले भयावह रूप लिन सक्ने धारणा उनले व्यक्त गरेका छन् ।

Comment