“इन्टरनेट पहुँच सबै कहाँ छैन ” अध्यक्ष पुरी


कोरोनाको सङ्कटका कारण लकडाउन जारी भएको समयमा इन्टरनेटको माध्यमबाट पढाइ हुने चर्चा सुरु भए पछि विभिन्न निकायले धारणा सार्वजनिक गरेका छन् । अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले नेपालमा सबैको पहुँच प्रविधिसम्म नपुगेका कारण यो व्यवहारिक हुने कुरामा शङ्का व्यक्त गरेका छन् ।
उनले धेरै नेपालीले समयमै पुस्तक समेत नपाएको विगत सम्झँदै त्यस क्षेत्रमा इन्टरनेटबाट पढाइ कठिन हुने धारणा सार्वजनिक गरेका हुन् । पुरीले नेपालको परिप्रेक्ष्यमा घरमै बाबु आमाले नैतिक, सामाजिक र व्यवहारिक शिक्षा दिनु यो समयको सबैभन्दा सही सदुपयोग हुने बताए ।खेलकुदमा समेत सक्रिय रहेका पुरी नेपाल तेक्वान्दो सङ्घ, प्रदेश ३का अध्यक्ष समेत हुन् ।

Comment