जनजीवन चाँडो सामान्य हुने घर्ती मगरको विश्वास

नेपालमा गत चैत ११ देखिको लकडाउनका कारण अन्य गतिविधि झैँ खेल गतिविधि पनि ठप्प भए । दैनिक बाहिर गर्ने गतिविधि ठप्प भए सँगै धेरै खेलसंघलाई प्रभाव पारेको छ । लकडाउन कारण घरमा बस्दा पनि समयलाई सदुपयोग गर्दै नियमित रूपमा गर्ने व्यायाम गरिरहेको, पत्रपत्रिका पढ्दै र गएको वर्ष २०७६ सालमा सम्पन्न भएको वार्षिक हाप्किडो खेल गतिविधि “हाप्किडो म्यागेजिन” बुक लेख्ने तयारी अन्तिम भएको र लकडाउन भित्रनै सकिने बताएका छन् ।

पछिल्लो समय अत्यन्त सक्रिय रहेको नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनलाई पनि यसले प्रभाव पारेको छ । यस बिचमा एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगर लकडाउनबाट प्रभावित मजदुरका लागि राहत वितरणमा पनि सक्रिय रहे ।
एसोसिएसनको गतिशील यात्रा केही समयका लागि रोकिए पनि उनले नेपालले चाडै नै निकास पाउने विश्वास व्यक्त गरेका । उनी भन्छन्, “ संसारमा जसरी समस्या देखिएको छ । हाम्रो देशमा छैन । सीमा क्षेत्रमा सावधानी अपनाउँदा हामी केही समय पछि नै सामान्य जीवनमा आउन सक्छौ होला ” । उनले सम्पूर्ण खेलाडीलाई धैर्य धारण गरेर घरमै भए पनि प्रशिक्षणलाई निरन्तरता दिन आव्हान गरेका छन् ।
घर्ती मगरले गत वर्षको जिल्ला, प्रादेशिक, राष्ट्रिय च्याम्पियनसिप, अन्तर्राष्ट्रिय सेमिनार लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै जनजीवन सामान्य बन्ने र (कोभिड-१९) कारण हाल स्थगित प्रदेश नम्बर ५ बुटवलमा हुने भनिएको बृहत् राष्ट्रिय च्याम्पियनसिप पुनः आयोजना हुने विश्वास व्यक्त गरेका छन् ।

Comment