“खेलाडीले घरमै शारीरिक अभ्यास गर्नुको विकल्प छैन ” फेन्सर कार्की


नेपालमा फेन्सिङ खेलको सक्रियता बढेको धेरै समय भएको छैन । यो छोटो समयमा पनि नेपालले केही सफलता पाउन सुरु गरेको छ । चार वर्ष अघि यो खेलमा सक्रिय भएकी अनिता कार्की यो छोटो समयमा सफलता पाउने केही सीमित खेलाडी मध्यकी एक हुन् ।
गत दक्षिण एसियाली खेलकुदमा टिम इप्पेमा रजत पदक विजेता नेपाली टोलीकी सदस्य अनिता यस अघि राष्ट्रिय च्याम्पियन पनि भइसकेकी छिन् ।
रामेछापमा पछिल्लो समय स्थापित यी खेलाडीको लगन, परिश्रम र मिहेनत हेर्दा उनले आगामी दिनमा निकै महत्त्वपूर्ण फड्को मार्ने कुरामा विमति हुन सक्दैन । हाल कोभिड १९ कोरोना भाइरसको महामारीको कारण नियमित प्रशिक्षण गर्न नपाए पनि केही समय पछि नै सबै कुरा सामान्य हुने र नियमित प्रशिक्षणमा जुट्ने विश्वासमा रहेको उनले बताइन् ।
“अहिलेको यो सङ्कट टरे पछि फेरी सक्रिय हुनु नै छ । अहिले सबैले सामाजिक अनुशासनमा ध्यान दिए चाडै नै समस्याको समाधान हुने विश्वास जागेको छ ।” उनी भन्छिन्, “ हामी फेन्सिङ खेलाडी पनि घरमै शारीरिक अभ्यास गरेर बस्नुको विकल्प छैन । ”

Comment