विकासलाई पितृ शोक

बास्केटबल राष्ट्रिय महिला टोलीका प्रशिक्षक विकास शाहीलाई पितृ शोक परेको छ । विकासका पिता ८२ वर्षीय भीम बहादुर शाहीको गत बिहीबार निधन भएको हो । दिवङ्गत भीमका चार छोरा राजु,सर्जु, विनोद र विकास शाही छन् ।यसै गरी,गङ्गादेवी, राधिका र सरिता तिन छोरी छन् । विकासका भतिज तथा एभरेस्ट मार्सल आर्ट ट्रेनिङ सेन्टरका निर्देशक रवि शाहीले दिएको जानकारी अनुसार केही दिन देखि बिरामी रहेका भीमको ढल्को स्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
दिवङ्गत शाहीको शुक्रवार उनको हिन्दु संस्कार अनुसार दाह संस्कार गरिएको छ । एभरेस्ट मार्सल आर्ट प्रशिक्षण केन्द्र सहित खेलकुदसँग सरोकार राख्ने विभिन्न निकाय र व्यक्तिले समवेदना व्यक्त गर्दै दिवङ्गत शाहीको आत्मको चिर शान्तिको कामना गरेका छन् ।

Comment