तमोर नदीको किनारमा बिच भलिबल

पर्यटकीय क्षेत्र धनकुटाको मुलघाटमा बिच भलिबल प्रतियोगिता सुरु भएको छ । १ नं प्रदेश रेफ्रि कमिसनको आयोजनामा तमोर नदी किनारमा आयोजित सो प्रतियोगिताको प्रमुख अतिथि प्रदेश सभा सदस्य निरन राईले उद्घाटन गरे ।
आयोजक प्रादेशिक रेफ्रि कमिसनका अध्यक्ष विनय राईको अध्यक्षता मा भएको सो कार्यक्रममा विशिष्ट अतिथि नेपाल भलिबल सङ्घका अध्यक्ष हरि बहादुर निरौला ,झापा जिल्ला भलिबल सङ्घ अध्यक्ष शैलेन्द्र श्रेष्ठ ,धनकुटा जिल्ला भलिबल सङ्घका अध्यक्ष गौरव कार्की , जिल्ला प्रहरी कार्यालय प्रमुख सुदर्शन कोइराला ,सशस्त्र प्रहरी धनकुटा ६नं गुल्मका डिएसपी सचिन कर्माचार्य लगायतका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थित रहेको सो कार्यक्रम १नं प्रदेश का सदस्य तथा प्रदेश रेफ्रि रोशन दाहालले सञ्चालन गरेका थिए ।


लिग कम नकआउटका आधारमा जारी प्रतियोगिताको पहिलो दिन भएको खेलमा उदयपुरले धनकुटा लाई २–० सेटमा,भोजपुरले सुनसरी लाई २–१ले उदयपुरले झापालाई २–१ ले पराजित गरेका थिए । यसै गरी, भएको भेट्रान तर्फ भोजपुरले धनकुटा लाई २–० सेटमा पराजित गरेका थिए ।

Comment