सेन्चुरी कमर्सियल बैङ्क र गम्स एन्ड गिगल्स डेन्टल क्लिनिक प्रा.लि. बिच सम्झौता


सेन्चुरी कमर्सियल बैङ्क र कमलपोखरी, काठमाडौँ स्थित गम्स एन्ड गिगल्स डेन्टल क्लिनिक प्रा.लि. बिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैङ्कले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैङ्कको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले गम्स एन्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैङ्कका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एन्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरे ।

Comment