सेन्चुरी बैङ्कद्वारा विद्यार्थीहरूलाई सहयोग

सेन्चुरी कमर्सियल बैङ्कको बेलचोक, नारायणगढ शाखाले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छा कामना–६, चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरूका लागि १२२ थान विद्यालय पोसाक हस्तान्तरण गरेको छ । विद्यालयको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिनको उपलक्ष्यमा बालबालिकाहरूको लागि विद्यालय पोसाक बैकका हेटौँडा क्लस्टर प्रमुख शङ्कर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रधानाध्यापक ज्ञानु देवी पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ ।

Comment