अशोक र दीपेन्द्र जर्मनी जाँदै

जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिप ९जी–२० मा निर्णायकको भूमिका निर्वाह गर्न निर्णायक द्वय अशोक खड्का र दीपेन्द्र ढकाल शुक्रवार जर्मनीको ह्याम्बर्ग जाने भएका छन् ।
प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च १ तारिखसम्म हुने छ । अशोक उक्त प्रतियोगिताको गत संस्करणमा पनि निर्णायकका रूपमा सहभागी भएका थिए । दुवैले नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए । दीपेन्द्रसँग चीनमा भएको आर्मी ओलम्पिक खेलकुदमा पनि निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।

Comment