श्रीनाथ राष्ट्रिय मुवाँथाइ हुने

ganesh
नेपाल मुवाँ संघको आयोजनामा प्रथम श्रीनाथ राष्ट्रिय मुवाँथाई प्रतियोगिता – २०७१ फाल्गुण १६ गते हुने भएको छ ।
दशरथ रङ्गशालाको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा ४० देखि ७० केजीमुनी र प्रोफेसनल गरि ८ समूहमा प्रतिस्पर्धा गराईने पत्रकार सम्मेलनमा जानकारी गराइयो । विश्व प्रतियोगितामा पदक हासिल गरिसकेको भुपेश शाक्य, वीरमान वाईवा लगायतले प्रोफेसनल क्याटागोरीमा प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष गणेश लालकक्षपतीले बताए ।
दुई दिने प्रतियोगितामा देशभरबाट ५० जना खेलाडीहरुले आफ्नो खेल कौशलता प्रदर्शन गर्नेछन् । विजयी खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा नगद प्रदान गरिने समेत आयोजकले बताए ।

Comment