सानेपालाई जुनियर लिग उपाधि

जुनियर फुटबल एकेडेमी (जेएफए) लिगको उपाधि सानेपा जितेको छ । शनिवार भएको फाइनलमा बालुवाटारलाई ३–१ गोलले पराजित गर्दै सानेपाले उपाधि जितेको हो ।जेएफएले आफ्ना खेलाडीको एक्सपोजरका लागि तीन साताअघि यु–१२ फुटबल लिग सुरु गरेको थियो । लिगमा सानेपा बी टोली तेस्रो भयो । लिगमा करेज न्यौपाने वेस्ट डिफेन्डर, प्रज्वल श्रेष्ठ मिडफिल्डर, आभानलाल श्रेष्ठ गोलकिपर, अञ्जन प्रधान वेस्ट स्ट्राइकर र बाप्तिका कार्की राइजिङ प्लेयर घोषित भए ।
विजेता खेलाडीलाई जेएफएका अध्यक्ष रिजन खड्का, प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षेत्री, अक्षरा विद्यालयकी प्रिन्सिपल अन्जु भट्टराई, वेल्स फुटबल फुटबल सङ्घका सदस्य डेरनलगायतले पुरस्कार प्रदान गरे ।

लिगमा जेएफएको टोलीसँगै काव्य, निसर्ग बाटिका, एसओएस, अक्षरा लगायतका विद्यालयका १० टोलीले सहभागिता जनाएका थिए । यस वर्ष एउटा उमेर समूहमा लिग सञ्चालन गरिए पनि आगामी वर्षमा विभिन्न उमेर समूहमा व्यवस्थित रूपमा आयोजना लिग सञ्चालन गरिने जेएफएका प्रमुख प्रशिक्षक क्षेत्रीले बताए ।

Comment