निर्णायक कुल अबुधावी प्रस्थान

अबुधावीमा आयोजना हुने विश्व ट्राईयाथलन सिरिज रेस २०२० मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली ट्राईयाथलन निर्णायक आशिष कुल बुधवार त्यस तर्फ प्रस्थान गरेका छन् । विश्व स्तरको प्रतियोगितामा सहभागी हुने कुल पहिलो निर्णायक भएका छन् । उनी अबुधावी खेलकुद परिषद्को निमन्त्रणमा त्यस तर्फ प्रस्थान गरेका हुन् ।

अन्तर्राष्ट्रिय ट्राईयाथलन युनियनको आयोजनामा अबुधावीको यास आईल्याण्डमा हुने सिरिज रेस फागुन २२ देखि २४ गते सम्म सञ्चालन हुने छ । त्यस भन्दा अगाडी निर्णायक कुलले प्रतियोगिताका दौरान आयोजना हुने निर्णायक परीक्षामा सहभागिता जनाउने छन् । निर्णायक कुलले लेभल वान कोर्स उत्तीर्ण गरेका छन् ।

त्यसका साथै निर्णायक मूल फागुन ३० देखि चैत्र २ गते सम्म विश्व ट्राईयाथलन युनियनको तत्वावधानमा अस्ट्रेलियामा आयोजना हुने २०२० मुलुलावा आईटियु र्वल्ड कप ट्राईयाथलनमा पनि सहभागी हुने छन् । मूल दुबई बाट नै अस्ट्रेलिया प्रस्थान गर्ने छन् । विश्व ट्राईयाथलन युनियनको क्यालेन्डरमा रहेको यस प्रतियोगिता निकै नै ठुलो प्रतियोगिता रहेको छ ।

Comment