प्रा.डा.गीता प्रधान सेन्चुरी बैङ्कको स्वतन्त्र सञ्चालकमा नियुक्त

सेन्चुरी कमर्सियल बैङ्क लि. को मिति २०७६ फाल्गुन ०६ मा बसेको सञ्चालक समितिको ३०५ औँ बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैङ्कले काठमाडौँ उपत्यकामा १३ शाखाहरू र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरू र ३ वटा एक्सटेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैङ्किङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Comment