हाप्कीडोको राष्ट्रिय सेमिनार सुरु

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको तेस्रो राष्ट्रिय रेफ्रि सेमिनार बुटवलमा सुरु भएको छ । दुई दिने सेमिनारको सोमबार प्रदेश नं पाँचका सभामुख पूर्ण बहादुर घर्तीले उद्घाटन गरे । सेमिनारमा ५० जिल्लाका ६० खेलाडीको सहभागिता रहेको नेपाल मार्सल हाप्कीडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगरले जानकारी दिए । सो कार्यक्रम संघका सुवर्ण वीसीले गरेका थिए ।


नेपालमा छोटो समयमा राम्रो फड्को मारेको हाप्कीडोले नेपालमा थप प्रभाव जमाउने कुरामा आशावादी रहेको अध्यक्ष घर्तीले बताए । यो सेमिनारको लक्ष्य चैत अन्त्यमा हुने लुम्बिनी राष्ट्रिय प्रतियोगितालाई सहयोग गर्ने समेत रहेको छ । हाप्कीडो प्रशिक्षक लालन लामा, सुस्मीता गुरुङ र भुवन बुढा मगरले प्रशिक्षण दिने छन् ।

Comment