सेन्चुरी कमर्सियल बैङ्क र होटेल सामना प्रा.लि. तथा होटेल सुर्यान्स प्रा.लि बिच सम्झौता

सेन्चुरी कमर्सियल बैङ्क र हेटौडा –४, मकवानपुर स्थित होटेल सामना प्रा.लि. तथा हेटौडा–१०, मकवानपुर स्थित होटेल सुर्यान्स प्रा.लि बिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैङ्कले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैङ्कको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले होटेल सामनाको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
होटेल सामना प्रा.लि. सँगको सम्झौता पत्रमा बैङ्कका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरे । साथै, होटेल सुर्यान्स प्रा.लि. सँगको सम्झौता पत्रमा बैङ्कका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेसन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरे ।

Comment