सीसीआरसी र मोर्गन विजयी

hisan basketballक्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र मोर्गन इन्टरनेसनल कलेजले दोश्रो हिसान राष्ट्रिय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबलमा सोमबार जित हात पारेका छन् । झम्सीखेलस्थित आइडियलमोडेल स्कुलको कोर्टमा सीसीआरसीले प्रिमियरलाई २१–१३ ले पराजितग¥यो । मोर्गनले हिम्सलाई २०–११ ले हरायो । गल्र्सकै अर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले लिटिल एन्जल्सलाई २३–११ ले पन्छायो ।
ब्वाइजतर्फ ट्रिनिटी इन्टरनेसनल कलेजले ग्रान्ड एकेडेमीलाई ४३–११, नासाले एलआरआईलाई ५४–५०, गोल्डेनगेट इन्टरनेसनल कलेजले अक्सब्रिजलाई ३९–१६, प्राइमले रेडनलाई ५०–२२, प्रिमियरले नोबेल एकेडेमीलाई ४०–२० तथा मोर्गनले जेभियर इन्टरनेसनललाई ३४–३३ ले निराश पारे । प्रतियोगिता अन्तर्गत मंगलबारका खेलहरु बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजमा हुनेछ ।

Comment