सेन्चुरी कमर्सियल बैङ्क र क्लब दे नोभो प्रा.लि.बिच सम्झौता

सेन्चुरी कमर्सियल बैङ्क र कालिका नगर बुटवल, रुपन्देही स्थित क्लब दे नोभो प्रा.लि. बिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैङ्कले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैङ्कको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले क्लबको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।उक्त सम्झौता पत्रमा बैङ्कका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लब दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरे ।

Comment