सन्दीपको उत्कृष्ट बलिङमा नेपालको कीर्तिमानी जित

सन्दीप लामिछानेले खेल जीवनकै उत्कृष्ट बलिङ गर्दै नेपालले अमेरिकासँग भएको खेलमा कीर्तिमानी जित हात पारेको छ । सन्दीपले १६ रन खर्चिँदै ६ विकेट लिए पछि नेपालले अमेरिका माथि आइसिसी र्वल्ड क्रिकेट र्वल्ड कप लिग २ को खेलमा नेपालले अमेरिकालाई १२ ओभरमा ३५ रनमा आउट गरेको थियो । यो एक दिवसीय क्रिकेटको सानो योगफल हो भने छोटो समयको पारी पनि । नेपालले ५.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भयो ।
एसोसीएट बलर मध्य सन्दीपको यो दोस्रो राम्रो प्रदर्शन हो । यो भन्दा राम्रो प्रदर्शन गर्नेमा अफगानिस्तानका रसिद खान हुन् ।

Comment