ग्रिनफिल्ड र हिम्सको विजयी सुरुआत

hisan suru
ग्रिनफिल्ड र हिम्सले दोश्रो हिसान राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुषबास्केटबलमा आइतबार विजयी सुरुआत गरेका छन् ।
हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलको कोर्टमा ग्रिनफिल्डले ह्वाइटहाउसलाई २६–२४ ले पराजित ग¥यो भने हिम्सले चाणक्यालाई २८–१९ ले हरायो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको विद्यालय खेलकुद विकास बोर्ड र उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) द्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्य खेलमा मोर्गनले भीएस निकेतनलाई ४७–८, जेभियर इन्टरनेसनलले सुप्रिमलाई ५२–१३, क्यापिटलकलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले लालीगुराँसलाई ४५–३६, लिभरपुलले आइडियलमोडेललाई २८–१८,टाइम्सले ह्वाइटफिल्डलाई ४८–२२, लिटिलएन्जल्स (एलए) ले क्यास्पियन भ्यालीलाई २९–१४ तथा अरुणिमाले नवोदित्तलाई ७–६ ले हराए ।
प्रतियोगिताको हिसानका उपाध्यक्ष रमेश सिलवालले निर्णायकद्वय दुर्गाबहादुर थापा र विजयबहादुर महर्जनलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा बास्केटबल सहित बुद्धिचाल, क्रिकेट र टेबलटेनिसमा प्रतिस्पर्धा हुनेछ ।

Comment