लक्ष्मीको जीवनमा पाथफाइन्डरको त्यो सहयोग

सन् २००८ को कुरा हो । लक्ष्मी मगर पहिलो पटक साइक्लिङ प्रतियोगितामा सहभागी भएकी थिइन् । थुराया टानको रूपमा चिनिने काठमाडौँ ककनीको सो रेसमा उनी महिला तर्फ तेस्रो भएकी थिइन् । ट्रायल रेसमा सहभागी हुने र हिमाल आरोही साथीहरू मार्फत उनी सो रेसमा सहभागी भएकी थिइन् । धेरै हिमाल आरोहीको साइक्लिङ गर्ने प्रचलन अझै रहेको छ । हो, त्यही ११ वर्ष अघिको सङ्गतले लक्ष्मी मगरलाई दक्षिण एसियाली स्वर्ण विजेताको बाटो देखाएको थियो ।
बिस्तारै साइक्लिङ उनको आदत हुन थाल्यो । थुप्रै रेसमा उनी सहभागी हुँदै गइन् । यस बिचमा सन् २०१० मा उनले अन्नपूर्ण सक्र्युट र मनासलु सक्र्युट पुरा गरिन् । यस अघि ललितकला क्याम्पसमा अध्ययन गर्दा उनी साइकललाई नै सवारीको साधनको रूपमा प्रयोग गर्थिन् । सामान्य साइकलमा यात्रा गर्ने उनी सन् २००८ मा पहिलो पटक साइक्लिङ स्पर्धामा सहभागी हुँदा भाडामा साइकल ल्याएकी थिइन् ।
सन् २०१२ मा उनी पहिलो हुन थालेकी थिइन् । भाँडाको साइकल चढेर पनि उनको यो यात्रा सुरु भएको थियो । सन् २०१३ मा चोभारमा भएको रेसमा भएको उनी पहिलो भएकी हुन् । सन् २०१३ मा उनले जितेको घटना यादगार छ । सन् २०१३ तीरकै कुरा हो , पाथफाइन्डर साइक्लिङमा उनी आबद्ध थिइन् । सन् २०१२ मा उनी पहिलो हुँदा पहिलो पटक पुरस्कारसँगै रेडबुल पाएकी थिइन् । यसै पुरस्कार लिएर आमासँग जान पाउँदाको क्षण उनका लागि सबैभन्दा खुसीको कुरा थिए ।
उनको मिहनेतले धेरै प्रभावीता थिए । सबैले कामको प्रस्ताव राख्थे । तर, लक्ष्मीले रेसको दौरान इक्वीमेन्ट सहयोग खोज्दा उनले पाएकी थिइनन् । जीवनमा धेरै बिर्सन नसकिने घटना उनको जिन्दगीमा भएको छन् । सन् २०१२ को कुरा हो । उनी आमाको शोकमा रहेकी थिइन् । एक दिन रेसको तयारीमा पनि थिइन् । धुलिखेलमा रेस थियो । शोकमा रहेकी उनको शरीरमा नुन नभएकै कारण कमजोर पनि थिइन् । उनलाई कामको प्रस्ताव गर्ने धेरैसँग उनले सहयोगको अपेक्षा गरेकी थिइन् । तर, ती कसैले पनि सहयोग गरेनन् । यसै निराशाका बिचमा देखिए उपेन्द्र खड्काले उनलाई रेसका लागि साइकल दिए ।
सन् २०१३ मा त्यही उनले पाथफाइन्डर साइकल खरिद गरेकी थिइन् । उपेन्द्रको सहयोग त यत्ति रहेको थिया, की हरेक रेसका लागि पकेट खर्च दिने । साथै साइकलको सामानको बारे चासो दिन्थे । दुई वर्ष पछि उनी रेसमा मात्र व्यस्त रहेका कारण पाथ फाइन्डर छाडिन् । तर, उनको यो यात्रामा पाथ फाइन्डर र उपेन्द्र यात्राको महत्त्वपूर्ण सहयोग उनी सधैँ सम्झने गर्छिन् ।
नेपालमा लक्ष्मीको अपराजित यात्रा सातौँ वर्ष प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा दुई पटक साग खेलमा सहभागी भए पनि यस पटक स्वर्ण जित्न सफल थिइन् । भारतमा भएको धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले स्वर्ण जितेकी थिइन् । भारतमा हुने धेरै लामो दिन लगाएर हुने रेसमा पनि उनले सफलता पाइन् । तर, भारतमा भएको १२ औ सागमा क्रस कन्ट्री समावेश थिएन । उनी रोड रेसमा सहभागी थिइन् । उनी सातौँ स्थानमा रहेकी थिइन् । यो लामो समयको बिचमा उनले धेरै आरोह र अवरोह पार गरेकी छिन् । यस बिचमा उनी साग स्वर्ण पदक विजेता पनि बनेकी छिन् । काठमाडौँको सागमा क्रस कन्ट्रीमा स्वर्ण जिते पछि उनी सेलीब्रेटी भएकी हुन् । तर, पहिलो पुरस्कार र दुखको समयमा पाथ फाइन्डरको साथ उनी बिर्सने छैनन् । एउटा निष्कर्ष उनले निकालेकी छिन् । “हामीसँग प्रशिक्षक नुहदा पनि हाम्रो भूगोल साइक्लिङको क्रस कन्ट्रीका लागि उपयुक्त भएको उनको ठहर छ । ”

Comment