प्रतिभाको सफल शल्यक्रिया, सही फीजीयोथेरापीले एक वर्षमै खेलमा फर्कन सक्ने

स्टार भलिबल खेलाडी प्रतिभा माली सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । गत माघ १० गते आरबिबि एभिए भलिबल क्लब च्याम्पियनसीपकोे दौरान फाइनलमा चोट बोकेकी थिइन् । अघिल्लो साताको आइतबार सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वल मान श्रेष्ठ, सिनियर अर्थोपेडिक तथा घुँडाका सर्जन डा. रुपेस कुमार वैद्य,अर्थोपेडिक सर्जन डा. चन्दन कुमार जयसवाल, डा रस्किन र सिनियर एनेस्थासियोलोजीस्ट डा. रोशन पियाको टोलीले नेतृत्वमा प्रतिभाको घुँडाको शल्यक्रिया भएको थियो ।
डा. श्रेष्ठले घुँडाको शल्यक्रिया सफल भएको र चार साता पछि घुँडा टेक्न मिल्ने बताए । नौ महिना देखि १ वर्षमा पुरा रिकभर हुने विश्वास रहेको डा. प्रज्वलले बताए । उनले बताए अनुसार प्रतिभाको घुँडाको एसियल रिकभर गरिएको बताए । मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल रिपेयर गरिएको छ ।


डा. श्रेष्ठको अनुसार प्रतिभा कोर्टमा फर्कने समय उनले गरेको फीजीयोथेरापीमा धेरै निर्भर रहने बताए । व्यक्ति अनुसार पुरा ठिक हुने समय फरक रहे पनि फीजीयोथेरापी सही ढङ्गले गरेमा नौ महिना देखि १ वर्षमा कोर्टमा फर्कने अवस्था रहेको उनले बताए । अहिले मालीको फीजीयोथेरापी सुरु भइसकेको छ ।
ब्लु क्रस अस्पतालले उपचार सफल भएको जनाउँदै प्रतिभाको सफल पुनरागमनको कामना गरेको छ ।

Comment