सेन्चुरी कमर्सियल बैङ्क र मौर्य होटेल प्रा.लि.बिच सम्झौता


सेन्चुरी कमर्सियल बैङ्क र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा, रुपन्देही स्थित मौर्य होटेल प्रा.लि. बिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैङ्कले आफ्ना खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक सेयर धनीहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैङ्कको खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैङ्कका संस्थापक सेयर धनीहरूले होटेलको रुम बुकिङ, फुड एन्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैङ्कका भैरहवा शाखा प्रबन्धक विशाल गुप्ता र मौर्य होटेल प्रा.लि. व्यवस्थापकीय सञ्चालक राम बहादुर कोइरीले हस्ताक्षर गरे ।

Comment