अमेरिका माथि नेपालको जित

आइसिसी क्रिकेट र्वल्ड कप लिगको शनिवार भएको खेलमा नेपालले अमेरिकामाथि ४५ रनको जित हात पारेको छ । क्यान अफ द म्याच करण केसीको उत्कृष्ट बलिङसँगै १९१ रनको लक्ष्य पाएको अमेरिका ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५५ रनमा सीमित भयो । केसीले ७.१ ओभरमा १५ रन दिँदै चार विकेट लिए । यसै गरी सुसन भारीले १० ओभरमा ४३ रन दिएर ३ विकेट लिए । अमेरिकाका इयान होल्यान्डले ७५ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १९० रन जोड्यो । विनोद भण्डारीले सर्वाधिक ५९ रन जोडे भने पहिलो एक दिवसीय खेल खेलिरहेका कुशल ५१ बलमै अर्धसतक पुरा गरे ।

Comment