पञ्चकन्यामा खेलाडीको सम्मान

गाउँपालिकाले गत सागमा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । स्वर्ण पदक विजेता अनु अधिकारीलाई ५० हजार तथा रजत पदक विजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँ सहित सम्मानित गरिएको हो ।
अभिषेक रिजाल,लक्ष्मी मगर र बुद्धि बहादुर तामाङलाई १५ हजार रुपैयाँका साथ सम्मान गरियो । यसै गरी, पदक विजेता मिना ग्लान,कृष्ण बहादुर तामाङ,सञ्चित डङ्गोल,अस्मिता राई,अन्जु तामाङ, रेजिन रिमाल र राजीव पुडासैनीलाई १० हजार रुपैयाँ सहित सम्मान गरियो । प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र विशेष अतिथि प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङले उनीहरूलाई सम्मान गरे ।

Comment